नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशन प्रतिनिधि चयनमा कैलाली लगायतका जिल्लामा बेथितिपूर्ण ढंगले भएको भन्दै रद्ध गरी पुन : चयन गर्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेता रावलले पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरितका भएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।रावलले भनेका छन्, ‘विधि र पद्धतिको पूर्ण पालना गरी दशौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता