भक्तपुर : भक्तपुर नगरपालिकाका नगरसभासद्हरूले एमसिसी सम्झौता खारेजीको माग गरेका छन्।नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभा बैठकका वक्ताहरूले एमसिसी सम्झौता खारेज हुनुपर्ने माग गरेका हुन्। सभाको विशेष समयमा बोल्दै सभासद् राजेन्द्र माकले एमसिसीको विरोध गर्नुपर्नाका कारणहरूबारे प्रष्ट पारेका थिए।उनले एमसिसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा रहेको औंल्याए। सभासद् छोरीमैंया सुजखूले नेमकिपाले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधि