एमसिसी सम्झौता संसद्बाट अनुमोदन

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्‍बाट अनुमोदन भएको छ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए। प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो। शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए।नेपाली कांग्रेस, नेकपा म

सम्बन्धित सामग्री

एमसिसी एक वर्षपछि कार्यान्वयनमा जाने, अनुमोदन ढिलाइले थपियो पाँच अर्ब खर्च

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ०८० भदौदेखि सुरु हुने भएको छ । १५ फागुन ०७८ मा संसद्बाट एमसिसी सम्झौता पारित भएको ३० महिनापछि विधिवत् कार्यान्वयन हुने भएको हो । एमसिए...

माओवादी र समाजवादी लचिलो, एमाले अडानमै

काठमाडौं फागुन १३ (नागरिक)प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन । बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं, फागुन १२ । एमसिसी सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने तयारी अनुसार अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । एमसिसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्न उक्त बैठक बस्न लागेको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले एमसिसीमा सैद्धान्तिक छलफलका लागि कति समय दिने भन्ने विषयमा दलीय सहमति खोज्नेछन्। सैद्धान्तिक छलफल […]

‘हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं’

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन्। अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिँदै सोमबार राजदूत बेरीले भनेका छन्, ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो। हामीले त नेपाललाई […]

‘हामीले नेपाली नेतालाई धम्की दिएका छैनौं’

नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन्।...

एमसिसी पारित गर्न अमेरिकाको निर्णायक दबाब

संसद्बाट एमसिसी अनुमोदन गर्न दिएको मिति नजिकिँदै जाँदा दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ एमसिसी सम्झौता अविलम्ब संसद्बाट पारित गर्न सरकार र दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ । अमेरिकी सरकारका मन्त्री,...

एमसिसीविरुद्ध आन्दोलनमा उत्रिन ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाको अपिल

काठमाडौँ – एमसिसी सम्झौताविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा आइतबार बैठक सम्पन्न भएको हो। ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि […]

एमसिसी सम्झौता अनुमोदन नगराउन रावलको खुलापत्र

एमाले नेता भीम रावलले एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउन सरोकारवालासमक्ष आग्रह गरेका छन् । सोमबार रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा खुला स्मृतिपत्र सार्वजनिक गर्दै एमसिसी...

एमसिसी संसदबाट पारित हुने सम्भावना न्यून

काठमाडौं । विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालमा कार्यान्वयनको विषय पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै संसद्बाट पारित गराउने विषयमा सहमति जुट्न सकेको छैन । सम्झौताअनुसार अघिल्लो वर्ष १३ असोज (३० सेप्टेम्बर) सम्ममा एमसिसी संसद्बाट अनुमोदन हुनुपर्ने …