काठमाडाैँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्दैछ। एमसिसी सम्झौता नेपालको हितमा नरहेको भन्दै पार्टीले दरबारमार्गस्थित एमसिसी कार्यालय घेराउ गर्ने जनाएको हो। विप्लवकाे पार्टीले एमसिसी देशकाे हितविरुद्ध रहेकाे बताउँदै आएकाे छ। यसभन्दा अगाडि पनि एमसिसी कार्यालय घेराउ गरिएकाे थियाे।
एमसिसी सम्झौता संसदमा पेस गरिएको भन्दै १० राजनीतिक दलले कर्णाली प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल...