काठमाडाैं : नेपाल उद्योग परिसंघले सरकारले एमसिसी सम्झौता संसद्मा टेबल गरेकोमा स्वागत गरेको छ।परिसंघले आइतबार विज्ञप्ति जारी गर्दै एमसिसी सम्झौता अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा विश्वास पनि व्यक्त गरेको छ।परिसंघले देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको बताएको छ।लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न