भोजपुर : निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन्।
नेकपा एमालेका उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बिहीबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो।
टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द