काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको आरोप लगाएका छन्। संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।'राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो। उहाँले त ओलीको कार्यकर्ता