नेपाली फिल्म क्षेत्रमा यतिबेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको दौडधुप सुरु भएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्त हुन एक दर्जन फिल्मकर्मी रेसमा देखिएका हुन् । अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेतीदेखि पूर्व अध्यक्ष राजकुमार राईसम्म बोर्ड अध्यक्षको दौडमा छन् । सबैले आ–आफ्नै तरिकाले लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक समेत हुने देखिएको हो ।बोर्ड अध्यक्षका लागि अन्य आकांक्षीहरुमा निर्देशक सम्झना रौनियार, निर्देशक निर्माता नरेश पौडेल, मनिष पण्डित, पूर्व अध्यक्ष