कास्की – पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्ड अघि सरेको छ । बोर्डका अध्यक्ष भुवन केसी सहित टोलीले निमार्ण स्थल कास्कीकोटको अवलोकन गरे । पोखरा २४ कास्कीकोटको धामको गराको केसीले अवलोकन पछि गण्डकी प्रदेशको लागि कास्कीकोट नै उपयुक्त स्थल भएको बताउँदै अनुमति लिएर आगाडी बढ्ने बताए । उनले सरकारले सात वटै प्रदेशमा फिल्म स्टुडियो निमार्ण गर्ने लक्ष्य राखेको बताए ।
गण्डकी प्रदेशको कास्कीकोटमा काम अगाडि बढाउने र अन्य प्रदेशको पनि प्रक्रिया अगाडि बढाउने बताए । उनले ट...