चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक