सहकारीले अनुदानमा बेच्ने मल अध्यक्षले ससुरालीमा लुकाए

रूपन्देही । कपिलवस्तुमा सहकारीले अनुदानमा बेच्ने मल सो सहकारीका अध्यक्षको ससुराली घरमा गोदाम गरिएको अवस्थामा भेटिएको छ । सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएपछि अध्यक्षलाई कारबाही माग गरिएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका-३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले ससुराली पुर्याएको […]

सम्बन्धित सामग्री

अनुदानको रासायनिक मल सहकारीद्वारा दुरुपयोग

बाँकेमा किसानलाई अनुदानमा बिक्री गर्न भनेर उपलब्ध गराएको मल बितरण गर्ने जिम्मेवारी पाएको सहकारीले दुरुपयोग गरेको पाइएको छ । नरैनापुरस्थित कृषि सहकारी राप्तीले किसानलाई अनुदानमा प्राप्त भएको मल दुरुपयोग गरेको खुलेको हो ।

अनुदानमा आएको मल दुरुपयोग

नवलपुरका सहकारीहरुमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको छ । जिल्लाका प्राय सबै सहकारीले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मल बिक्री वितरण गरेको पाइएको हो ।

किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरे : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् । शनिबार काठमाडौँमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा...

पोखरामा अनुदानको मलमै कालोबजारी, २ सहकारीलाई जरिवानासहित अनुमति खारेज

२२ साउन, पोखरा । सरकारले अनुदानमा उपलब्ध गराएको मलमा पनि पोखरामा कालोबजारी भएको पाइएको छ । पोखरा महानगरले आइतबार गरेको अनुगमनमा तोकिएकोभन्दा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री वितरण भइरहेको खुलेको हो । अनुगमनका क्रममा पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया मललाई ३५ र ५० रुपैयाँको डीएपी ६५ […]

कृषिमा नगरपालिकाको २५ प्रतिशत बजेट छुट्टयाउनुपर्ने किसानको माग

चितवन । राप्ती नगरपालिकाका किसानले कृषि क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउनु पर्ने माग गरेका छन । किसानको तर्फबाट यस्तै माग समेटेर जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले राप्ती नगरपालिकालाई शुक्रबार  ज्ञापन पत्र बुझाएको हो ।  ज्ञापन पत्रमा रासायनिक मल पर्याप्त पाउनुपर्ने, मल डिपोका सहकारीलाई कृषक तथा शेयर सदस्य संख्याका आधारमा रासायनिक मल उपलब्ध गराउनुपर्ने, नगरको कुल बजेटको २५ प्रतिशत कृषिका लागि छुट्टयाउनुपर्ने, नगरका सबै वडामा कृषिको विशेष योजना ल्याउनुपर्ने, विभिन्न बालिका आबद्ध उत्कृष्ट किसानलाई पुरस्कृत गर्नुपर्ने उल्लेख छ । किसानको दिगो विकासका लागि राप्तीका किसानले कृषि योजना ल्याउनुपर्ने उनीहरुको माग छ । साथै रासायनिक मल र रासायनिक विषादी प्रयोग बिस्तारै कम गर्दै अर्गानिक खेतीलाई प्रोत्साहन दिनुपर्ने उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका हुन् । कृषिको विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको उनीहरुको आरोप छ । नगरको अधिकांश जमिन खेतीयोग्य रहेकाले कृषिलाई नै प्राथमिकता दिएर योजना बनाउनुपर्ने संस्थाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । संस्थाका अध्यक्ष धर्मराज कँडेलले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए । यसै, कृषकलाई आवश्यक यान्त्रीकरण उपलब्ध गराउनुपर्ने, उन्नत बीउबिजन अनुदानमा उपलब्ध गराउनुपर्ने, बेमौसमी समयमा पहाडी वडामा विशेष योजना लैजानुपर्ने लगायतका माग गरिएको छ  । यसैगरी, कृषक मल कार्ड प्रदान गर्नुपर्ने, कृषक बाली बिमा योजना ल्याउनुपर्ने, सिंचाइका लागि स्यालो बोरिङ र डिप बोरिङ पर्याप्त हुनुपर्ने, संस्थालाई एक जना कृषि प्राविधिक उपलब्ध गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउँदै संस्थाका अध्यक्ष धर्मराज कँडेलले राप्तीमा समग्र कृषि क्षेत्रलाई उपेक्षा गरिएको बताए । जिल्लामा सबैभन्दा बढी उर्वर उत्पादन हुने पालिका राप्ती भएपनि यस क्षेत्रलाई वेवास्ता गरेको उनले आरोप लगाए ।  यसअघिपनि नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको संस्थाका अध्यक्ष कँडेलको भनाइ थियो । ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले सहकारीले पेस गरेको ज्ञापन पत्र नगरप्रमुखलाई उपलब्ध गराउँदै कृषिको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई […]

प्रांगारिक मल प्रयोग गर्दा घट्ला रासायनिक मलको प्रयोग ?

झापा– रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ । किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल […]

मकै उत्पादक किसानलाई अनुदानमा कृषि सामग्री

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैडाकोट नगरपालिकाका मकै उत्पादक किसानका लागि अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब ३६ लाख अनुदान रकममा किसानको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्थाले कृषि सामग्री उपलब्ध गराएको हो ।      नगरप्रमुख छत्रराज पौडेलले मकै किसानलाई आधुनिक कृषि औजार वितरण गरे । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री किसानलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ । किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए । नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ छ । रासस

सरकारी अनुदान मल बिक्री गर्नेलाई दुई लाख जरिवाना

सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल सहकारीले निजी पसललाई बिक्रीका लागि दिएको खुलेको छ । इलामस्थित कृषि सामग्री कम्पनी लिमिटेडले इलाम नगरपालिका –१, साखेजुङका किसानलाई सहुलियत दरमा उपलब्ध गराउन स्थानीय सूर्यज्योति कृषि सहकारीलाई दिएको ३४ बोरा युरिया र १८ बोरा डिएपी मल बिक्री गरेको पाइएपछि जरिवाना गरिएको छ ।

कृषि बिज भण्डारको गोदाम सिल

नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।