नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।