पर्सा जिल्लाको ग्रामिण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने तीन भारतीय नागरिकसहित दश जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरि कारवाही चलाएको छ ।
सिमाक्षेत्र तथा ग्रामिण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुले भारतीय नम्बर प्लेटको सवारी साधनमा चाहिएको भन्दा बढी र खुल्ला रुपमा ग्यालेन र ड्रममा पेट्रोलियम पदार्थ दिदाँ खुल्ला सिमानाकाका कारण ग्रामिण क्षेत्रका सिमानाकाहरुबाट बढी पेट्रोलियम पदार्थको तस्करी हुने गरेकोले सिमानाकामा कडाई गर्दा पेट्रोलियम पदार्थको तस्करीमा सलगन रहेका केही ब्यक्ति र पेट्रोल पम्पका सञ्चालकहरु माथि कार्यवाही चलाईएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनु भएको छ ।