नेपाल–भारत उच्च राजनीतिक भेटवार्तामा दुवै सरकारको सहमतिमा गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनबारे चर्चा हुनै छाडेको छ । दुवै मुलुकका समूहले सहमतिमा तयार पारेको प्रतिवेदन तयार भएको ५ वर्ष पुगिसक्दा पनि त्यसलाई बुझ्न भारत तयार छैन ।