काठमाण्डौ – नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ ।
आज बुधवार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताउनुभयो । उहाँले सन् २०१६ मा गठित ईपीजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेक...