काठमाडौँ : आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ लाई एक भव्य समारोहका बीच बालश्रम मुक्त भएको घोषणा गरिएको छ। उक्त वडा भित्र फेला परेका १८ जना बालबालिका मध्ये केहीलाई स्कुल भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी आज बालश्रम मुक्त घोषणा गरिएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए।बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० वटा सूचकहरू पार गर्नुपर्छ। यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने