रोल्पा – कुनै पनि बालबालिका श्रममा नभएको पुष्टि गर्दै त्रिवेणी गाउँपालिका ५ बालश्रम मुक्त वडा घोषणा भएको छ ।
त्रिवेणी गाउँपालिकाको बालश्रम मुक्त गर्ने तीन वर्षे रणनीति योजना र लक्ष्य पूरा भएको भन्दै गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले पालिकाकाे पहिलो वडाको रूपमा वडा नं. ५ जुगारलाई बालश्रम मुक्त घोषणा गर्नुभएकाे हाे । 'असल अभिभावक, सुरक्षित बालबालिका : सुखी र समृद्ध त्रिवेणी गाउँपालिका' मूल नाराका साथ त्रिवेणी गाउँपालिकाले बाल श्रम निवारणसम्बन्धी रणनीति योजना २०७५—२०७७ निर्माण गरी कार्यान्वयन गर...