बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा वितरण गर्न जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ रानीगञ्जमा आज एक समारोहका बीच नापजाँचको उद्घाटन गरेका हुन् । नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा दिने बताउँदै लामो समयदेखि समस्या रहेको यो काम अब छिट्टै पुरा गरिने बताए । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादु