दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।
२०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयब...