चैत्र ७ गतेभित्र भाडा बढाउन यातायात व्यवसायीको अल्टिमेटम, ८ गतेदेखि आफै भाडा बढाउने चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गतेभित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् । महासंघले आइतबार पत्रकार सामेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैसकेको तर भाडा समायोजन तर्फ भने सरकारले बेवास्ता गरेको महासंघका अध्यक्ष […]

सम्बन्धित सामग्री

भाडा बढाउन मुख्यमन्त्रीलाई ७ दिने चेतावनी

हेटौँडा : नेपाल ट्रक यातायात व्यवसायी महासंघले भाडा बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनको समय दिएको छ।  मंगलबार ज्ञापनपत्र बुझाउँदै महासंघले इन्धनको मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउन मुस्किल भएको भन्दै भाडा बढाउन ७ दिने अल्टिमेटम दिएको हो। उनीहरूले ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्। वैज्ञानिक प्रणालीका आधारमा भाडा बढाउन सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरेअनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर

गाडी भाडा बढाउन नदिए यातायात ठप्प पार्ने व्यावसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।