हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश

पुस २२, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । यो पनि हेर्नुस् : हिमालयन जनरल इन्स्योरेन्सले गर्‍यो ६.७५% लाभांश प्रस्ताव  ९ महीनामा हिमालयन जनरल इन्स्योरेन्सको नाफा ९ करोड १० लाख असार मसान्तसम्ममा हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो  

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभाले पारित गर्‍यो ७% लाभांश

फागुन ३०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंमा सम्पन्न भएको हो । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड पुगेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको साधारण सभा आज

फागुन ३०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र नेशनल हाइड्रोपावर कम्पनीले आज (सोमवार) साधारण सभा बोलाएका छन् ।   हिमालयन जनरल इन्स्योरेन्सले २८ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो ।  सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले २५ औं वार्षिक साधारण सभा बिहान ११ बजे कामपा वडा नं १० विनायकनगर, नयाँ बानेश्वरमा गर्ने भएको छ । कम्पनीले सभा भर्चुअल माध्यमाबाट जानकारी दिएको छ ।  सभाले १८ दशलमव ५२ प्रतिशत बोनस शेयर र  शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीले प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता हुने गरी प्राप्ति हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेप्सेले गर्‍यो हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

फागुन १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आइतवार कम्पनीको सोही दिन कायम अन्तिम शेयरमूल्य रू. ७३० को आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६८४ दशमलव ४८ तोकेको हो । कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन ३० गते २८औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । सोमवार समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीको फागुन १५ गतेसम्म शेयर कायम गर्ने सदस्यहरुले मात्र लाभांश पाउनेछन् ।

हिमालयन जनरल इन्स्योरेन्सले प्रस्तावित ७% लाभांश फागुन ३० गते पारित गर्दै

फागुन ८, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ३० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ७ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यी प्रस्तावहरुसँगै सभाले अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते (एक दिन) बुक क्लोजको मिति तय गरेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

हिमालयन जनरल इन्स्योरेन्सले ७ करोडको बोनस सेयर बाँड्ने

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको २१ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।आर्थिक वर्ष २०७७-०७८ को नाफा नोक्सान हिसाबमा बाँडफाँटको लागि उपलब्ध रकमबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद बाँड्नेछ ।यो निर्णय २८औं […]

हिमालयन जनरल इन्स्योरेन्सको ३.७५ प्रशित लाभांश पारित

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखापरीक्षकको प्रतिवेदन सहित […]

हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

जेठ १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७४४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ७६६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ % लाभांश जेठ २८ गते पारित हुने

वैशाख २१, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७ औं वार्षिक साधारण बोलाएको छ ।  कम्पनीको गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।  सभाले प्रस्तावित कुल ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ कम्पनीले आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांशसहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले प्राप्ति तथा मर्जर प्रक्रिया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश परिमार्जन

काठमाडौं हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको नाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ ।