हिमालयन जनरल इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको साधारण सभा आज

फागुन ३०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र नेशनल हाइड्रोपावर कम्पनीले आज (सोमवार) साधारण सभा बोलाएका छन् ।   हिमालयन जनरल इन्स्योरेन्सले २८ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो ।  सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीले २५ औं वार्षिक साधारण सभा बिहान ११ बजे कामपा वडा नं १० विनायकनगर, नयाँ बानेश्वरमा गर्ने भएको छ । कम्पनीले सभा भर्चुअल माध्यमाबाट जानकारी दिएको छ ।  सभाले १८ दशलमव ५२ प्रतिशत बोनस शेयर र  शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीले प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता हुने गरी प्राप्ति हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभएको हो । अध्यक्ष सिलवालले बीमा कम्पनीहररुमा […]

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी गाभिँदै

एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ। सभाले एभरेस्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ।...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने

एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।  सभाले मर्जर पछि

एभरेस्ट र हिमालयन इन्स्योरेन्स गाभिने

काठमाडौँ – एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन्। दुवै कम्पनीले आपसमा गाभिनका लागि बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। स्राेतका अनुसार मर्जरका लागि सम्झौता गरेका कम्पनीहरु सैद्धान्तिक सहमतिका लागि शुक्रबार बिमा समिति जाने तयारी छ। करिब डेढ महिनाअघि बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ। एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता […]

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स गाभिने

एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन् । आपसमा गाभिनका लागि दुवै कम्पनीले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यसरी आपसमा मर्जरका लागि सहमति गरेर दुवै कम्पनीहरु बिमा इतिहासमै पहिलो कम्पनी बनेका छन् ।

हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत

वैशाख १९, काठमाडौं ।दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर  सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ६५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी समता घरेलु लघुवित्तले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत गरेको छ ।  नेप्सेले आइतबार कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता