हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभाले पारित गर्‍यो ७% लाभांश

फागुन ३०, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ काठमाडौंमा सम्पन्न भएको हो । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १७ करोड पुगेको छ ।  

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सोमवार हुँदै

फागुन २९, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा सोमवार गर्ने जानकारी गराएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो । सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

६ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

माघ २४, काठमाडौं । हालसम्म ६ ओटा निर्जीवन बीमा कम्पनीले आव २०७७/७८ को  मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  लाभांश घोषणा गरेका ६ ओटा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।  बाँकी ५ ओटा कम्पनीले भने साधारण सभा बोलाएका छैनन् । यी ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश, एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी पाँच ओटा कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ ।  समितिका अनुसार बिमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बिमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  सोही व्यवस्थाअनुसार कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गर्न थालेका छन् ।

हिमालयन जनरल इन्स्योरेन्सको ३.७५ प्रशित लाभांश पारित

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखापरीक्षकको प्रतिवेदन सहित […]

हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

जेठ १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७४४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ७६६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ % लाभांश जेठ २८ गते पारित हुने

वैशाख २१, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७ औं वार्षिक साधारण बोलाएको छ ।  कम्पनीको गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।  सभाले प्रस्तावित कुल ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ कम्पनीले आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांशसहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले प्राप्ति तथा मर्जर प्रक्रिया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

हिमालयन इन्स्योरेन्सको २७ औं साधारण सभा जेठ २८ गते हुने

काठमाडौ, १९ बैशाख । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २८ गते साधारण हुने भएको छ । कम्पनीको अनुसार बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक सभा भर्चुअल माध्यमबाट केन्द्रिय कार्यालय थापागाउँमा सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६/७७ को […]