दाङमा डीएपी मल अभाव

दाङ : बर्खे खेतीको सिजन सुरु हुन लाग्दा दाङमा डीएपी मलको अभाव भएको छ। सरकारले अनुदानमा प्रदान गर्दै आएको मलको चरम अभावमा भएको कृषि सामग्री केन्द्रले जनाएको छ।  कृषि सामग्री केन्द्रका अनुसार दाङमा चार हजार मेट्रिक टन डीएपी मल आवश्यक पर्दछ। तर अहिलेसम्म एक हजार ५०० मेट्रिक टन मात्रै आएको छ। केन्द्रमा दैनिक ठूलो संख्याम...

सम्बन्धित सामग्री

गहुँखेतीका लागि डीएपी मल अभाव

जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ । दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री  भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए । पहिलो चरणमा […]

गहुँखेतीका लागि डीएपी मल अभाव

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ।

गहुँखेतीका लागि डीएपी मल अभाव

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ।

खेती गर्ने वेला भयो, मल छैन

कैलाली : जिल्लामा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यो वर्ष पनि अभाव हुने देखिएको छ।सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले ‘जीटूजी’अन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ। यो वर्ष पनि पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने वेलामा डीएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। ‘किसानले खेती गर्ने वेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्’, उनले भने,

लुम्बिनी प्रदेशमा मल अभाव, सीमावर्ती क्षेत्रका किसानलाई भारतकै भर

अहिले देशभर रासायनिक मलको अभाव छ । लुम्बिनी प्रदेशका किसान पनि मलको अभावले मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष मलको अभाव अझ चरम बनेको हो ।सरोकारवालाहरुका अनुसार ९० प्रतिशत किसानले मल  पाएका छैनन् । मौसमले साथ दिएपछि धान रोपाइँ सुरु गरेका किसानले डीएपी मल पर्याप्त मात्रामा पाएका छैनन् भने युरिया मलको चरम अभाव छ ।लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय रमिते बनेका छन

गहुँ छर्न मल अभाव

गहुँको बिउ छर्ने बेला डीएपी मल अभाव भएको छ । धानबाली भित्र्याइसकेपछि अहिले तराई–मधेसमा गहुँ छर्ने मुख्य सिजन हो । किसानले गहुँको बिउमै डीएपी र पोटास मल मिसाएर छर्ने गर्छन् । नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले अहिले डीएपी मलको चरम अभाव भएको बताए ।

तोरी खेती सिजनमा डीएपी मल अभाव, २५ केजी मात्रै पाउँछन् किसान

मोरङको कानेपोखरी–१ होक्लाबारीका किसान निरबहादुर पराजुलीले एक विघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुस्किलले २५ केजी पाए । मलको आस गर्दागर्दै तोरी छर्ने समय नै वित्न लाग्यो । पराजुलीले मुस्किलले पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी छरे । बाँकी १५ कठ्ठामा तोरी छर्न पाएनन् ।

कपिलबस्तुमा गहुँखेतीका लागि डीएपी मल अभाव

धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कपिलबस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्वारा अनुदानको मल विक्रीवितरण हुँदै आएको छ ।

गहुँका लागि मल अभाव

किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल डीएपी सरकारसँग छैन । गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन । गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन डीएपी मल चाहिन्छ तर कृषि समग्री कम्पनी लिमिटेडमा हाल ३०० मेट्रिक टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग त त्यो पनि छैन ।कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले भने,