तोरी खेती सिजनमा डीएपी मल अभाव, २५ केजी मात्रै पाउँछन् किसान

मोरङको कानेपोखरी–१ होक्लाबारीका किसान निरबहादुर पराजुलीले एक विघा खेतमा तोरी छर्न दुई बोरा डीएपी मल खोजेको दुई साता भयो । आसपासका सहकारी संस्था धाउँदा उनले मुस्किलले २५ केजी पाए । मलको आस गर्दागर्दै तोरी छर्ने समय नै वित्न लाग्यो । पराजुलीले मुस्किलले पाएको २५ केजी मलले पाँच कठ्ठामा तोरी छरे । बाँकी १५ कठ्ठामा तोरी छर्न पाएनन् ।