गहुँको बिउ छर्ने बेला डीएपी मल अभाव भएको छ । धानबाली भित्र्याइसकेपछि अहिले तराई–मधेसमा गहुँ छर्ने मुख्य सिजन हो । किसानले गहुँको बिउमै डीएपी र पोटास मल मिसाएर छर्ने गर्छन् । नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले अहिले डीएपी मलको चरम अभाव भएको बताए ।