कैलाली : जिल्लामा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यो वर्ष पनि अभाव हुने देखिएको छ।सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले ‘जीटूजी’अन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ। यो वर्ष पनि पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने वेलामा डीएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। ‘किसानले खेती गर्ने वेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्’, उनले भने,