धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कपिलबस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्वारा अनुदानको मल विक्रीवितरण हुँदै आएको छ ।