महाशिवरात्रि : तस्बिरमा पाशुपत क्षेत्र

शिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। हजारौंको संख्यामा भक्तजन यहाँ आइपुगेका छन्। त्यस्तै, विभिन्न ठाउँबाट आएका साधुसन्त र नागा बाबाहरु मन्दिर परिसरमा बसेका छन्। पशुपति क्षेत्र...

सम्बन्धित सामग्री

पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ

२५ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल […]

शिवरात्रीमा पशुपतिनाथ आसपासमा गाडी लैजान नपाइने

२४ फागुन, काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास आज बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी  साधनलाई  डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मालवाहक सवारी […]

पाशुपत क्षेत्र नेपालको गौरव

राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्खाको नासोका रूपमा प्राप्त सबै सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले बागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि सबैलाई प्रेरणा मिल्ने विश्‍वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई महाशिवरात्रि पर्वले थप उजागर गरेको बताउनुभएको छ । उहाँकोे सन्देशमा शिवोत्पत्ति भएको विश्‍वास गरिने मानसखण्डको भूभाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरिएको छ ।

शिवरात्रिमा पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । आउँदो महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिका अनुसार उल्लेखित संख्यामा सुरक्षाकर्मी परिचालित हुने भएका हुन् । समितिले विभिन्न १० उपसमिति गठन गरेको जानकारी दिएको छ । विगतका वर्षभन्दा यो वर्ष भव्य रूपमा पाशुपत क्षेत्र सजाइने बताइएको छ । समितिले...

महाशिवरात्रि : फर्केर हेर्दा

काठमाडौं । महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ पौने ५ बजे पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरिन् । राष्ट्रपति भण्डारीले राष्ट्रका नाममा ११ हजार १ सय रुपैयाँको विशेष पूजा गरेकी थिइन्।

आज शिवरात्रिः पशुपति क्षेत्रमा मालवाहक सवारी निषेध : RajdhaniDaily.com -

आज शिवरात्रिः पशुपति क्षेत्रमा मालवाहक सवारी निषेध: RajdhaniDaily.com | काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पाशुपत क्षेत्र आसपासका मूल सडकको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले -