महाशिवरात्रि पर्वले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति भण्डारी

फागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।  ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने  मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवम् निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो, हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ’, सन्देशमा भनिएको छ ।  आराध्यदेव पशुपतिनाथ एवम् किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ ।  वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् ।  सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ ।  रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ  ।  राष्ट्रपति भण्डारीले महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवम् संवर्द्धन गर्न प्रण गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।  पाशुपत क्षेत्रलगायत मुलुकका विभिन्न भागमा छरिएर रहेका मूर्त एवम् अमूर्त सम्पदाको गहिरो अध्ययन गर्न विश्वविद्यालयहरू, अनुसन्धान संस्था एवम् अध्येताहरूले अग्रसरता लिनुपर्ने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ । ‘पुर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौं उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्वाास लिएको छु’, सन्देशमा भनिएको छ ।   आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा समेत परिवर्तन भइरहेको पाइन्छ । मौलिकतालाई कायम राख्दै परिवर्तनलाई ग्रहण गर्न र परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षहरूलाई त्याग गर्न सरकारका सबै निकायका साथै नागरिकको सक्रियता आवश्यकता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी बुटवलमा

रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल पुगेकी हुन्।...

राष्ट्रपति भण्डारी बुटवलमा

काठमाडौँ,७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकि छन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकि हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरे […]

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमण गरी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन्।...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् ।  आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्। छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव […]

बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी बाजुरामा

काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको प्रसिद्व शक्तिपिठ बडिमालिका पुगेकी छन् । बडिमालिका दर्शनका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी हुन्। अनौपचारिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी मंगलबार काठमाडौंबाट सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। उनले हिजो दिउँसो सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमण सकेर आजै […]

हेलिकप्टर चडेर पोखरा पुगीन् राष्ट्रपति भण्डारी

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । Filephoto

रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी महोत्तरी जाँदै

काठमाडौं, मङ्सिर ६ । मटिहानीमा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरी जाने भएकी छन् । मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन गर्न राष्ट्रपति भण्डारी अहिले १० बजे त्यसतर्फ जान लागकी हुन् । राष्ट्रपति भण्डारी सवार हेलिकप्टर जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा ल्याण्ड गरिने छ । राष्ट्रपति भण्डारी सर्वप्रथम मटिहानी मठमा […]

राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि रात बस्दै चन्द्रागिरीमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी परिवारसहित चन्द्रागिरी रिसोर्ट पुगे‍की छिन्। छोरीज्वाइँसहितलाई लिएर सोमबार दिउँसो २ बजे राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्ट पुगेको स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी मंगलबार  दिवाखाना खाएर त्यहाँबाट फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि चन्द्रागिरि रिसोर्ट पुगेकी हुन्।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको […] The post राष्ट्रपति भण्डारी स्वदेश फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.