जनकपुरधाम – महोत्तरी क्षेत्र नम्बर ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै प्रदेश सभातर्फ महोत्तरी – ३ को (क)मा जसपाका दीपेन्द्र झा र (ख)बाट एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन्। जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।