पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा नेपाली सेनाले बनाउन लागेको पाहुनाघर (गेस्ट हाउस)को जग खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको छ । दुई, तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुनसक्ने अनुमान गरिएको ती गोला तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भेटिएका हुन् । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै …