निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । यस्तै विपक्षीको हकमा यसबारे १५ दिनभित्र आन्तरिम आदेश किन दिन नपर्ने हो भन्नेबारे महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेश गर्न पनि भनिएको छ । जसपा ०७७ असार २४ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । सो दलको आधिकार