लुम्बिनीका तीन सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट कारबाहीमा परेका तीन मन्त्रीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारबाहीमा परेका लुम्बिनीका तीन मन्त्रीकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । लुम्बिनीमा महन्थ ठाकुर पक्षका सांसद विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले सांसद पद खारेजीको कारबाही गरेको छ । तीनै जना सरकारमा मन्त्रीसमेत रहेका छन् ।  उनीहरूले पुनर्बहालीको माग गर्दै रिट दर्ता गराएका थिए । तर स...