जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले सरकारमा सहभागी भएपनि सोचे जस्तो काम गर्न नसकिरहेको बताएका छन् । मधेश संवाद समूहले मंगलबार आयोजना गरेको ‘नागरिकता अध्यादेश र सर्वोच्च अदालतको अन्तरिम आदेश’ विषयक भर्चुअल गोष्ठीमा उनले आफूहरु सरकारमा भएपनि देशको ब्युरोक्रेसीलगायत आफूहरुको पक्षमा नरहेको कारणले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् । ‘अहिले पनि मधेश तथा थरूहटमा थुप्रै समस्याहरु छन्, हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौं’, उनले