नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्