काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बहिर्गमन बनेको पाँच दलीय गठबन्धनमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को राष्ट्रिय सहमति खोजी सुरु गरेको छ। गठबन्धनमा सामेल भएका दलहरुबीचको कुरा नमिलेको बेलामा दलहरुबीच एमसिसीबारे राष्ट्रिय सहमतिको खोजी सुरु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पत्र पठाएपछि एमसिसीको बहस चुलिएको छ। प्रधानमन्त्री देउवाले प्रचण्ड र आफ्नो हस्ताक्षरसहितको पत्र अमेरिकालाई पठाए