नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बारेमा राष्ट्रिय सहमतिको आधारमा निर्णय हुने बताएका छन् ।
शनिबार चितवनमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटनपछि मन्तव्य राख्दै प्रचण्डले राष्ट्रिय सहमति विपरित जबजस्र्ति रूपमा कुनै पनि विषयमा निर्णय नलिइने बताए ।
उनले भने, ‘संसद बैठक बोलाएपछि धेरैलाई एमसीसी पारित गर्न वा महाभियोग लगाउन अधिवेशन बोलाइयो भन्ने परेको छ । एमसीसी बारे पनि राष्ट्रिय सहमति अनुसार नै हुन्छ । ज...