एमसीसी उपाध्यक्षलाई प्रचण्डको जवाफ : राष्ट्रिय सहमति जुटाएर मात्र अगाडि बढाउन सकिन्छ

काठमाण्डाै – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभएको हो । आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उहाँको भनाइ थियो । भे...

सम्बन्धित सामग्री

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

‘सकेसम्म राष्ट्रिय सहमति नभए संसदीय प्रक्रियाबाट’

काठमाडौँ । कांग्रेस नेताहरूले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्न सकेसम्म राष्ट्रिय सहमति खोज्नुपर्ने सुझाव राखेका छन् । कार्यसम्पादन समितिको जारी बैठकमा बोल्ने नेताहरूले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि राष्ट्रिय सहमतिलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । सत्ता गठबन्धनभित्र एमसीसी सम्झौता संसद्‌मा पेस […]

अर्थमन्त्री शर्माल भने– एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छ

काठमाडौँ– अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति निर्माण गर्नका लागि प्रयास […]

राष्ट्रिय सहमति नभइ एमसीसी अघि नबढाउने पक्षमा माओवादी

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन्

राष्ट्रिय सहमति गरेर एमसीसी पारित गर्नुपर्छः शर्मा

काठमाडौं, असोज २२ । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले राष्ट्रिय सहमति गरेर एमसीसी पारित गर्ने दिशातिर सरकार अघि बढेको बताएका छन् । एमसीसी जनताको छलफलको विषय भएकाले यसमा सबै दलहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको कथन छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले […]

राष्ट्रिय सहमति गरी एमसीसी अनुमाेदन गर्दा नै देशकाे हित हुन्छ - डा. भट्टराई

गाेरखा – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अनुमोदन गर्दा नै देशकाे हित हुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज साेमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभयो । ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ, उहाँले भन्नुभयो, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।&rsq...

एमसीसी अनुमोदन गर्न राष्ट्रिय सहमति हुनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी एमसीसी अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा.भट्टराईले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताए । ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ’, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्

सरकारले राष्ट्रिय सहमति गरेर एमसीसी संसद्बाट अनुमोदन गर्छ : प्रधान (भिडिओसहित)

काठमाडौं, २२ भदौ । सत्तारूढ दल नेपाली कांगे्रसका नेता भीमसेनदास प्रधानले सरकारले राष्ट्रिय सहमति गरेर एमसीसी संसद्बाट अनुमोदन गर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता प्रधानले सरकारले एमसीसी जबरजस्ती पास नगर्ने पनि बताए । उनले सबै दलसँग […]

एमसीसीमा राष्ट्रिय सहमति चाहन्छु : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी) जनताको घरघरमा पुगेको बिषय भएकाले राष्ट्रिय सहमति खोजेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले भने, 'एमसीसीको बिषयमा म अहिले अध्ययन गरिरहेको छु। यो बिषय जनताको घरघरमा पुगेकाले चासोको बिषय बनेको छ। त्यसैले मैले राष्ट्रिय सहमति होस् भन्ने चाहेको छु।'सभामुख सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको विकट जुगल गाउँपालिका पुग्दा समेत एक स्थानीयले तामाङ भाषामा एमसीसी राष्ट्रघाती भएको भ