आज प्रतिनिधिसभाबाट बजेट पारित भए पनि सरकारले भोलि (असोज ५ गते) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । यस हिसाबले नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ । भदौ ३१ र असाेज १ गते सरकारले खर्च गर्न पाएको थिएन । २ र ३ गते सार्वजनिक बिदा भए पनि साेमबार सरकारी कार्यालयहरू खुलेका छन् ।भोलि (असोज ५ गते) पनि सरकारी कार्यालय खुला रहनेछ । चार दिनसम्म सरकार सट डाउनको अवस्थामा रहँदा सार्वजनिक खर्च गर्ने समय स्वतः घटेको छ । प्रतिनिधिसभाबाट आज पारित