काठमाण्डाै – नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकामा मतपत्र छपाउँदा उम्मेदवारी नपरेको पदमा दलको चुनाव चिह्न नराख्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएको छ । सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी आयोगले यस्तो निर्णय गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै आपत्ति जनाएको हो ।
चुनाव सुरु भइसकेपछि चुनावको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने काम आयोगबाट हुने छैन भन्ने एमाले विश्वस्त रहेको पत्रमा उल्लेख छ । स्वतन्त्र र निष्पक्ष चुनाव गराउने जिम्मेवारी पाएको...