भैँसी पकेट क्षेत्र बनाउन अनुदान

पर्वत : पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्र निर्माण गर्नको कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।प्रत्येक वडामा कृषिसम्बन्धी एउटा न एउटा आकर्षण रहनेगरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो।सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास

सम्बन्धित सामग्री

भैँसी पकेट क्षेत्रका कृषकलाई १८ लाख रुपैयाँ अनुदान

साउन २६, पर्वत । पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । प्रत्येक वडामा कृषि सम्बन्धी एउटा न एउटा आकर्षण रहने गरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो ।  सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास गरी त्यहाँका कृषकहरूलाई व्यावसायिक रूपमा कृषिमा लाग्ने बनाउनको लागि अनुदान दिइएको शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए ।  कुल २५ लाख रुपैयाँको उक्त योजना कार्यान्वयन गर्न फलेवासकै लिमिठानामा रहेको सृजनशील बहुउद्देश्यीय सहकारी संस्थाले जिम्मा दिएपछि सोही सहकारीमार्फत कृषकहरूलाई अनुदान दिइएको हो । शंकरपोखरी र थापाठाना दूध उत्पादनमा राम्रो रहेकाले यो ठाउँलाई दूध उत्पादनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको वडाध्यक्ष कार्कीले बताए ।  मल्यांदीखोला क्षेत्रमा भैँसी पालन समूह निर्माण गरेर कृषकहरूलाई यसैमा आबद्ध गराइएको छ । अनुदान पाएका कृषकहरूले कम्तीमा पनि तीन ओटा भैँसी पालेको हुनुपर्ने नियम राखिएको छ । त्यसो भएमा एक कृषकको घरमा दैनिक करीब १५ लिटर दूध उत्पादन हुनेछ ।  तीन ओटा भैँसी नपाल्ने हो भने दूध ओसार्न जाने जीपलाई एक खेप नहुने र बजार व्यवस्थापनमा समस्या हुने तथा दूध बजारमा पठाउन चाहेमा समूह बाहिरका कृषकहरू पनि जोडिन पाउने कार्कीले बताए । यहाँका युवाहरु पछिल्लो समय विदेशबाट फर्किएर भैँसीपालन तर्फ लागेका छन् । किसानहरुको योजनामा नगरले साथ दिँदै अनुदान वितरण गरेको पशु सेवा शाखाका प्राविधिक प्रताप पौडेलले बताए । उनले अनुदानले किसानलाई हौसला मिलेको सुनाए ।  दूध उत्पादनलाई बढाउन तराई क्षेत्रबाट उन्नत जातको भैँसी ल्याउने योजना बनाइए पनि बर्खायाम र कोरोना महामारीको जोखिमका कारण तत्कालका लागि स्थानीय जातका भैँसीलाई नै मान्यता दिइएको छ । पकेट क्षेत्रमा कम्तीमा पनि १७० भैँसी पाल्ने र त्यहाँबाट उत्पादित दूधलाई बजार व्यवस्थापन गर्ने जिम्मा पनि सहकारीले नै लिएको अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए ।

सिन्धुपाल्चोक अब गाई–भैँसी ‘जोन’

सिन्धुपाल्चोक जिल्लालाई गाई–भैँसी जोन बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन समन्वय समितिले बुधबार जिल्लालाई दुध र आलु पकेट क्षेत्र रहेको निष्कर्षसहित कृषि तथा पशुको उत्पादन तथा प्रवद्र्धन गर्न ‘जोन’ घोषणा गरी टेक्निकल गाइडलाईन निर्माण गर्न समितिले माथिल्लो तहमा सिफारिस गरेको हो । यस अधि जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जनाएको छ । समितिले मकै पकेट क्षेत्रलाई थप प्रवद्र्धन गर्दै दुध र आलु उत्पादनका लागि थप कार्याक्रम लागु गर्ने र त्यसपछि कफी, मासु र माछा उत्पादनका कार्यक्रम क्रमशः लागु गर्न सहमति जनाएको छ । किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दुध ब्यवसायलाई प्रवद्र्धन गरिनु आवश्यक रहेको चौतारा साँगाचोकगढी नगरपालिका–४ का अध्यक्ष चुडामणी नेपालले बताउनुभयो । जिल्लाबाट वार्षिक ९८ करोडको दुध निर्यात हुने आँकलन गरिएको छ । जिल्लालाई गाई–भैसी जो रुपमा दर्ज गराएपछि उत्पादनमा थप वृद्धि गरी दुधजन्य परिकार उत्पादनका कार्यक्रम सुरु गरिने इकाईका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो । मकै उत्पादनले वीउ, च्याख्ला, पीठो, दाना र खोस्टाको चकटी, झोला, टोपीलगायतका सामाग्रीले राम्रो बजार पाएको औल्याउँदै दुध उत्पादनमा एकीकृत योजना अनुसारकै प्रतिफल प्राप्त हुने मेलम्ची नगरपालिका प्रमुख डम्वर अर्यालले धारणा राख्नुभयो ।