खेलाडी प्रारम्भिक चरणमै बाहिरिए, नेपालकाे टोकियो यात्रा सकियो

नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो । नेपालबाट १० मिटर शूटिङ्गमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती पूछारबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागि थिए ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकमा सहभागी खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौँ– टोकियो ओलम्पिकमा सहभागीता जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले सम्मान गरेको छ। एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो। सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा […]

टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै

काठमाण्डाै - टोकियो ओलम्पिकमा अहिले नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।  १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी  छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छिन् । टोकियो ओलम्पिकमा नेपालबाट सहभागी भएका पाँचमध्ये चार जनाले खेलिसकेका छन् । पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरे पनि अघिल्लो चरणमा पुग्न असफल भइन् भने पौडीमा नेपालका एलेक्स साह पनि हिट चरणभन्दा माथि प...

को हुन् टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने कान्छी खेलाडी ?

१२ वर्षीया सिरियन टेबलटेनिस खेलाडी हेन्ड जाजाले टोकियो ओलम्पिककी सबैभन्दा कान्छी प्रतिस्पर्धीका रुपमा सहभागिता जनाउँदै छिन्। सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा पाँच मध्ये चार खेलमा जित निकाल्दै उनी ११ वर्षमो उमेरमा ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। टोकियो ओलम्पिकमा उनले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन्। इन्टरनेशनल टेबलटेनिस फेडेरेसनका अनुसार उनको जन्म…

टोकियो ओलम्पिकमा सबैभन्दा बढी उमेरकी खेलाडी अस्ट्रेलियाकी मैरी

एजेन्सी। यस वर्षको टोकियो ओलम्पिकमा विश्वभरका २०६ देशबाट ११ हजार २३८ खेलाडीले भाग लिँदै छन्। यीमध्ये सबैभन्दा धेरै उमेरकी खेलाडी भने अस्ट्रेलियाकी मैरी हाना रहेकी छिन, जो घोडा रेसिङकी खेलाडी हुन्। ६६ वर्षीया उनले छैटौँ पटक ओलम्पिकमा भाग लिइरहेकी हुन्। ४ वर्षको उमेरबाट घोडा दौडमा भाग लिन थालेकी उनले हालसम्म कुनै पनि मेडल जितेकी छैनन्।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागि हुँदै

काठमाडौं, असार २२ । वर्ष दिनपछि धकेलियो टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । वाईल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी जुडोकी सोनिया भट्ट अहिले सोही ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् । प्रशिक्षक सुर्य नारायण श्रेष्ठले भट्टको तयारीलाई तिब्रता दिइरहेका छन् । कुने पनि खेलाडीको ओलम्पिक सहभागिता ठूलो लक्ष्य हुन गर्छ । विकसित […]

टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्स भोलि जापान जाने

२० असार, काठमाडौं । आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) सोमबार जापान प्रस्थान गर्ने भएका छन् । टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट सिधै जापान जानेछिन् । ओलम्पिक कमिटीले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ […]

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

काठमाडौं । यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने पाँच खेलाडीको टुङ्गो लागेको हो । पौडीका गौरीका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सुटिङकी […]

टोकियो ओलम्पिक खेल्ने खेलाडी आजदेखि सोल्टी होटलमा बस्ने

१६ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्न जाने नेपाली खेलाडी बुधबारदेखि होटलमा बस्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले ओलम्पिकका लागि छनोट भएका खेलाडीहरु आजदेखि होटल सोल्टीमा बस्ने जानकारी दिए । नेपालबाट यस पटक चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । जसमा अनिवार्य कोटा […]

टोकियो पाराल्याम्पिकमा नेपाली खेलाडी वाइल्ड कार्डबाट छनोट

२ असार, काठमाडौं । आउँदो भदौमा जापानमा हुने पाराल्याम्पिक खेलमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन वाइल्ड कार्डमार्फत् छनोट भएकी छन् । टोकियो पाराल्याम्पिक गेम्स २०२० मा नेपाली राष्ट्रिय पारा तेक्वान्दोका खेलाडी पलेसा (के.४४, ५८ के.जी मुनि) वाइल्डकार्ड मार्फत छनोट भएकी नेपाल तेक्वान्दो संघले जनाएको छ । ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान […]

टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडी छनोट, १२ खेलमा प्रतिस्पर्धा गर्ने

२६ जेठ, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस पटक गृष्मकालिक ओलम्पिका लागि शरणार्थी जीवन बिताइरहेका २९ खेलाडी छनोट भएका हुन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले खेल्ने पुष्टि गरेको छ […]