टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै

काठमाण्डाै - टोकियो ओलम्पिकमा अहिले नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।  १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी  छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छिन् । टोकियो ओलम्पिकमा नेपालबाट सहभागी भएका पाँचमध्ये चार जनाले खेलिसकेका छन् । पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरे पनि अघिल्लो चरणमा पुग्न असफल भइन् भने पौडीमा नेपालका एलेक्स साह पनि हिट चरणभन्दा माथि प...

सम्बन्धित सामग्री

पेरिस ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी

काठमाडौं। नेपाली एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिकअन्तर्गत अहिले महिला म्याराथनमा प्रतिस्पर्धा गरिरहेकी छिन्। प्रतिस्पर्धामा सन्तोषीको कम्तीमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य छ। प्रतिस्पर्धामा ९१ खेलाडी छन्। महिला म्याराथनमा २ घण्टा १६ मिनेट १६ सेकेन्डको विश्व कीर्तिमान र २ घण्टा २३ मिनेट ७ सेकेन्डको ओलम्पिक कीर्तिमान छ। पेरिस ओलम्पिकमा नेपालबाट ७ जना खेलाडी सहभागी भएकामा ६ […]

साग स्वर्ण विजेता सन्तोषीले पेरिस ओलम्पिक खेल्ने, म्याराथनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन् । युनिभर्सियालिटी कोटाअन्तर्गत एथलेटिक्स खेलाडी सन्तोषीले ओलम्पिक खेल्ने भएकी हुन् । आसन्न ओलम्पिकमा हालसम्म नेपालबाट टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको सहभागिता पक्का भइसकेको छ । स्यान्टुले छनोट चरण पार गरेर खेल्ने भएका हुन् भने […]

सरस्वती चौधरीको खेल आज

काठमाडौं : टोकियो ओलम्पिकमा आज एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्।ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वतीले महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन्। सरस्वतीको प्रतिस्पर्धा बिहान नेपाली समय अनुसार ५ बजेर ५२ मिनेटमा सुरु हुनेछ। सरस्वती दोस्रो हिटमा रहेकी छिन्। उनको हिटमा ९ खेलाडी छन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन्।सरस्वती यस ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने योजनामा रहेकी छिन्। यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सकेन्ड हो। यस स्पर्

म्याराथन धावक गोपीचन्द्रले टोकियो ओलम्पिक गुमाउने

काठमाडौं । म्याराथन धावक गोपीचन्द्र पार्कीले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएका छन् ।  उनको स्थानमा एथलेटिक्स खेलाडी सरस्वती चौधरीले नेपालकातर्फबाट खेल्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले बिहीबार एक विज्ञप्ति निकाल्दै नियमित कोटाबाट सरस्वतीले ओलम्पिक खेल्ने जनाएको छ । सरस्वतीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन्  । यसअघि...