लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेकोे र मतदान शान्तिपूर्ण रुपमै सम्पन्न हुने बताए ।