काठमाडौँ,१२ असार । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले उनीहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखे। गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । […]