फागुन १ मा सिन्धुपाल्चोकका दुई स्थानीय तहले दियो बिदा

सिन्धुपाल्चोक । सर्वोच्च अदालतले फागुन १ गते सार्वजनिक बिदा नदिन दिएको आदेशको अवज्ञा गर्दै सिन्धुपाल्चोकका दुई स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् । सरकारले यसअघि ‘जनयुद्ध’ सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रुपमा राष्ट्रिय पर्व मनाउने […]

सम्बन्धित सामग्री

‘जनयुद्ध दिवस’ का नाममा रुकुम पूर्व र पश्चिमका ८ पालिकाले दिए सार्वजनिक बिदा

आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिन सम्झँदै रुकुम पूर्व  र पश्चिमका ८ वटा स्थानीय तहले सार्वजनिक दिएका छन् । 'फागुण १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो ।

अदालतको फैसला कुल्चिँदै कर्णालीमा कुन-कुन स्थानीय तहले दिए फागुन १ मा बिदा ?

सुर्खेत । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कर्णाली प्रदेशका केही स्थानीय तहले भने स्थानीय बिदा दिएका छन् । कर्णाली प्रदेशका कालिकोट, हुम्ला र सल्यानका केही स्थानीय तहले विज्ञप्ति जारी गर्दै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् । […]

फागुन १ गते सार्वजनिक बिदा नदिएको सरकारको प्रष्टीकरण

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नभएको प्रष्टीकरण दिएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन बिदा नभएको बताएको हो । गत वर्ष फागुन १ ‘जनयुद्ध दिवस’ को बिदा दिइएकोमा बिदा खारेजीकाे माग गर्दै रिट दायर भएपछि सर्वोच्च अदालतले उक्त बिदा बदर गरेको थियो । यद्यपि केही स्थानीय तहले आफ्नो […]

बैतडीका पञ्चेश्वर र शिवनाथ गाउँपालिकालाई आफ्नै भवन बनाउन एक कार्यकाल

चैत २३, काठमाडौं । बैतडीका पञ्चेश्वर र शिवनाथ गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न १ कार्यकाल खर्च गरेका छन् । पञ्चेश्वरले वडा नम्बर ४स्थित आम्चौरामा र शिवनाथले सुल्लेखानमा आफ्नै भवन निर्माण गरेका हुन् । स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएपछि भवन भाडामा लिएर काम गर्दै आएका स्थानीय तहले कार्यकालको समय घर्किनै लाग्दा  भवन निर्माण सम्पन्न गरेका हुन् । २०७३ सालमा भएको स्थानीय तहको निर्वाचन जितेर जनप्रतिनिधि बनेकाहरुको कार्यकाल सकिनै लागेपछि आगामी ३० वैशाखमा स्थानीत तहको निर्वाचन निर्धारण गरिएको छ । निर्वाचनको मिति नजिक हुँदै गर्दा बैतडीका उक्त स्थानीय तहले प्रशासकीय कामकाज भवनबाट गर्न थालेका छन् । पञ्चेश्वर गाउँपालिकाको २ करोड रुपैयाँ लागतमा १६ कोठे भवन निर्माण गरेको छ । त्यस्तै शिवनाथ गाउँपालिकाले पनि २ करोड रुपैयाँमा नै भवन निर्माण गरेको बताइएको छ । आर्थिक वर्ष २०७५÷७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिए पञ्चेश्वरका अध्यक्ष गोरखबहादुर चन्ले जानकारी दिए । उनका अनुसार पञ्चेश्वरको भवन निर्माणका लागि २०७६ सालमा ठेक्का दिइएपनि गत १९ चैतका दिन उद्घाटन गरिएको हो । त्यस्तै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले शिवनाथ गाउँपालिकाले बनाएको नयाँ भवनबाट फागुन १ गतेदेखि सेवा सूचारु भइसकेको जानकारी दिइन् । रासस

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी !

काठमाडौं । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए । ‘‘आज...

स्थानीय विकासका लागि रेडियो

अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु पु¥याउनका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । तिनले स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र स्थानीय तहलाई सही दिशामा लैजान सक्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले देशभर सात सय १६ एफएम रेडियो सञ्चालनमा छन् भने त्यसमध्ये ३८५ सामुदायिक रेडियो छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा ठूलो भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट के–के सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाटै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् । फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । देशभरि सञ्चालनमा रहेका रेडियोमा करिब आठ हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियो नेपालको भौगालिक अवस्था र जीवनशैली सुहाउँदो छ । भौगोलिक विकट ठाउँमा पनि अहिले स्थानीय एफएम रेडियोको माध्यमले सजिलै सूचना पुगिरहेको छ । नेपालका ७७ जिल्लामा एफएम रेडियो पुगेको छ भने सबै क्षेत्रमा रेडियोको प्रसारण सुन्न सकिन्छ । नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको छ । रेडियो प्रसारणका लागि एफएम फ्रिक्वेन्सी मोड्युलेसन (एफएम) प्रविधि अन्य प्रणालीको तुलनामा सस्तो र प्रभावकारी भएकाले नेपालमा यसको विकास सहज भएको हो । स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाबारे जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्यम हुन सक्छन् । नागरिकले आफूले सेवा–सुविधा पाए–नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आए–नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ, त्यसमा को–को सहभागी हुन्छन् भन्नेजस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् ।