स्थानीय विकासका लागि रेडियो

अहिले धेरै अधिकार स्थानीय तहमा गएको अवस्थामा स्थानीय तहका गतिविधि नागरिकसामु पु¥याउनका लागि स्थानीय एफएम रेडियोले विशेष भूमिका खेल्न सक्छन् । तिनले स्थानीय तहले गरेको कामको निरन्तर निगरानी गर्ने र स्थानीय तहलाई सही दिशामा लैजान सक्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले देशभर सात सय १६ एफएम रेडियो सञ्चालनमा छन् भने त्यसमध्ये ३८५ सामुदायिक रेडियो छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा ठूलो भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट के–के सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाटै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् । फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । देशभरि सञ्चालनमा रहेका रेडियोमा करिब आठ हजार रेडियोकर्मी संलग्न छन् । कोही उत्पादन प्रसारण, कोही व्यवस्थापन त कोही प्रविधिमा काम गरिरहेका छन् । पूर्णकालीन र आंशिकको हिसाब गर्ने हो भने प्रायः सबै स्थानीय तहमा रेडियोकर्मी छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियो नेपालको भौगालिक अवस्था र जीवनशैली सुहाउँदो छ । भौगोलिक विकट ठाउँमा पनि अहिले स्थानीय एफएम रेडियोको माध्यमले सजिलै सूचना पुगिरहेको छ । नेपालका ७७ जिल्लामा एफएम रेडियो पुगेको छ भने सबै क्षेत्रमा रेडियोको प्रसारण सुन्न सकिन्छ । नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको छ । रेडियो प्रसारणका लागि एफएम फ्रिक्वेन्सी मोड्युलेसन (एफएम) प्रविधि अन्य प्रणालीको तुलनामा सस्तो र प्रभावकारी भएकाले नेपालमा यसको विकास सहज भएको हो । स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाबारे जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्यम हुन सक्छन् । नागरिकले आफूले सेवा–सुविधा पाए–नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आए–नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ, त्यसमा को–को सहभागी हुन्छन् भन्नेजस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् ।

सम्बन्धित सामग्री

मेरो बालापन र रेडियो नेपाल

५ वर्षअगाडि रेडियो नेपालले खोलेको विज्ञापनमा परीक्षा पनि दिएँ, तर सफल भने हुन सकिनँ । मेरो लागि रेडियो नेपाल हिजो जति प्रिय थियो, आज त्योभन्दा अझ बढी प्रिय छ, किनकि रेडियो नेपाल सुन्ने मेरो अतीतसँग मेरो बालापनको अतीत छ ।

बुढेसकालको साथी 'रेडियो'

ज्येष्ठ नागरिकलाई समय सदुपयोग गर्ने उपाय खोजी गर्दै इलामको रोङ गाउँपालिकाले रेडियो वितरण गरिरहेको छ।...

सङ्कटमा मधेसका एफएम रेडियो, हालसम्म १९ रेडियो बन्द

विज्ञापन बजार र अन्य व्यवस्थापकीय समस्याका कारण मधेस प्रदेशमा सञ्चालिन एफएम रेडियो सङ्कटमा पर्दै गएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामको तथ्याङ्कअनुसार हालसम्म १९ रेडियो बन्द अवस्थामा छन् । यही अवस्था रहे निकट भविष्यमा अन्य रेडियोले पनि सङ्कटको सामना गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले १९ रेडियो बन्द भइसकेको र करिब २५ प्रतिशत रेडियोले …

नेपाली पात्रोको अद्भूत रेडियो– रेडियो पनि समाचार पनि

नेपाली पात्रोले ‘अद्भूत रेडियो– रेडियो पनि अनलाइन समाचार पनि‘ भन्ने थिममा आईओएस तथा एन्ड्रोएड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरु पनि पढ्न पाउनेछन् । ती समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ ।सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही

रेडियो नेपाल सबैको रोजाई हुनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तामिम समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र […]

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन नेपालगन्जमा

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को १६औं केन्द्रीय वार्षिक साधारणसभा बुधबारबाट नेपालगन्जमा सुरु भएको छ।...

गोठालालाई रेडियो

धार्चे गाउँपालिका–४ लाप्राकका गोठालाहरूलाई देशविदेशको घटनाबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले रेडियो उपलब्ध गराइएको छ।...

गोठालालाई रेडियो

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र हाम्रो सहारा फाउण्डेशन नेपालकी अध्यक्ष कल्पना श्रेष्ठले ५० जना गोठालालाई गोठमै पुगेर रेडियो वितरण गरेका हुन्।...

रेडियो क्यान्डिड आजदेखि नियमित प्रसारणमा

काठमाडौँ– रेडियो क्यान्डिडले आजदेखि नियमित प्रसारण गरेको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिडले काठमाडौँ उपत्यका र आसपासलाई आधार क्षेत्र बनाएर चौबिसै घण्टा नियमित प्रसारण शुरू गरेको हो । ९२.७ मेगाहर्जसहित रेडियो क्यान्डिडको आधिकारिक फेसबुक पेज, हाम्रो पात्रो, खबरहबको एप्स र रेडियो क्यान्डिडको वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु रेडियो क्यान्डिड डट कमबाट पनि चौबिसै घण्टा […]

सामुदायिक रेडियो राजनीतिक दलको रेडियो जस्तो भएको छ : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए/नभएकोबारे समीक्षा गर्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २० औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तत्र्रिmयामा सरकारका प्रवक्ता गुरुङले राजनीतिक उद्देश्य पूरा गर्ने गरी मिडिया सञ्चालन नगर्न आग्रह गरे । सामुदायिक रेडियोको हकहितका लागि छाता संगठनका रूपमा २०५७ चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जि...