एजेन्सी । खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या भएको छ । क्यानडाको सरेस्थित गुरुनानक सिंह गुरुद्वारा नजिकै दुई मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले निज्जरमाथि गोली हानेर भागेका थिए । निज्जर क्यानडामा सिख फर जस्टिसका प्रमुख र खालिस्तानी टाइगर फोर्सका प्रमुख पनि थिए। उनले क्यानडामा बसेर भारतविरुद्ध राष्ट्रविरोधी गतिविधि गरिरहेको आरोप लागेको थियो । […]