अमेरिकामा नेपाली व्यवसायी लामिछानेको गोली हानी हत्या

संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या भएको छ । तनहुँ, दमौली घर भइ करिब नाै वर्षदेखि कोरोराडोमा बस्दै आउनुभएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो । एक कन्भिनियन्स स्टोरका मालिक रहनभएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको …